रुकुम पूर्वमा तीन जनाको शव फेला
बुटवल । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । हत्या गरिएको अवस्था दुई जनाको शव फेला परेको छ भने एक जनाको लडेर मृत्यु भएको छ । दुई जनाको हत्या गरी भाग्ने क्रममा एक जनाको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार रुकुम पूर्व भूमे गाउँपालिका–४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले छिमेकी ६० वर्षीय ढाटी बुढामगर र उनका ८ महिनाको नाति सिजन बुढामगरको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
हत्या गरेर गरेर भाग्ने क्रममा खोलामा लडेका चन्द्रसिंह पुनको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले रातोपाटीलाई जानकारी दिए । हत्यामा संलग्न व्यक्तिको खोजी गर्दा उनको पनि शव फेला परेको डीएसपी खरेलले बताए ।शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । उनले हत्याको कारण नखुलेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन
-
जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
-
१० खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई हरायो
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण