च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित एकदिवसीय ढाँचाको दोस्रो ठुलो प्रतियोगिता च्याम्पियन्स ट्रफी सुरु हुन केवल एक साता बाँकी रहँदा अफगानिस्तानी टोलीका युवा बलर एएम गजनफर घाइते भएका छन् ।
१८ वर्षीय क्षमतावान युवा स्पिनर गजनफर आगामी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा अफगानिस्तानले गजनफरबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो ।
अफगानिस्तान क्रिकेट बोर्डले गजनफरको स्थानमा नाङग्याल खरोटीलाई टोलीमा स्थान दिएको छ । गजनफरले अफगानिस्तानका लागि एकदिवसीयसँगै टेस्ट क्रिकेट पनि खेलिसकेका छन् । उनले ११ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल २१ विकेट लिएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २६ रन दिएर ६ विकेट हो । उनले देशका लागि खेलेको एकमात्र टेस्टमा पनि चार विकेट हात पारेका छन् । घरेलु प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको समाचार अनुसार, चोटका कारणले गजनफर च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन् भने उनको स्थानमा खरोटीलाई टोलीमा स्थान दिइएको छ ।
समाचारमा जनाइए अनुसार, गजनफर अफगानिस्तानको जिम्बाबे भ्रमणका क्रममा चोटग्रस्त भएका थिए । उनी कम्तिमा पनि चार महिना मैदानबाट बाहिर रहने पनि बोर्डले जनाएको छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा आयोजना हुँदैछ । प्रतियोगितामा अफगानिस्तान समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण