ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला
वासिङ्टन डिसी । अमेरिकामा अरू पेय पदार्थ पनि प्लास्टिकमा बेच्नुपर्ने स्थिति उत्पन्न भएको अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त महसुलका कारण आल्मुनियमका क्यान बढी महँगो भएकोले यस्तो कदम चाल्न आफू बाध्य भएको कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सीले बताएका छन् । ट्रम्पले अमेरिका भित्रिने अल्मुनियम र स्टिलमा २५ प्रतिशत आयात कर लगाउने आदेश दिएपछि कम्पनीले यस्तो बताएको हो ।
ट्रम्पको यो कदमका कारण अमेरिकामा क्यानमा राखेर बेचिने खानेकुरा र पेय पदार्थ महँगो हुनेछन् । डिसेम्बरमा कोका–कोलाले २०३० सम्ममा प्याकेजिङमा ५० प्रतिशत रिसाइकल गरिएका वस्तु प्रयोग गरिनेमा २०३५ सम्ममा यसलाई घटाएर ३५ देखि ४० प्रतिशतमा झारिने बताएको थियो । वातावरणवादी समूहले कोका–कोलालाई लगातार छैटौँ वर्ष पनि विश्वको सबैभन्दा ठुलो प्रदूषणकर्ता भनिरहेका छन् ।
प्लास्टिकको क्यानमा पेय पदार्थ बेच्ने महँगो हुने भयो भने आफूहरूले पेट अर्थात् प्लास्टिकको बोतलमा बेच्ने पनि क्विन्सीले बताए । हालैका वर्षमा कोका–कोलाले आल्मुनियमको क्यानमा पेय पदार्थ धेरै बेचिरहेको थियो । महँगो भएपनि प्लास्टिकको बोतलका तुलनामा यस्ता क्यान रिसाइकल गरेर धेरै चलाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण