डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
बेइजिङ । चीनमा एप्पल इन्टेलिजेन्स लन्च गर्न अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अलिबाबासँग सहकार्य गरिरहेको छ ।
द इन्फर्मेशन्समा छापिएको खबरका अनुसार यसका लागि एप्पलले एआई स्टार्टअप डीपसिक र बाइटडान्ससँगको सहकार्य अस्वीकार गरेको थियो । एप्पलले सुरुमा बाइडुलाई चिनियाँ उपभोक्तामाझ एप्पल इन्टेलिजेन्स पुर्याउने पार्टनरको रूपमा रोजेको थियो । तर चिनियाँ सर्च इन्जिन मोडल अपनाउन समस्याहरू भएपनि कम्पनीले यो निर्णय फेरेको बताइएको छ । कम्पनीका लागि चीन मुख्य बजार हो ।
चीनमा एप्पल इन्टेलिजेन्स नहुँदा आइफोनको विक्री बढाउन कम्पनीलाई समस्या भइरहेको छ । हालैका महिनामा चीनमा आइफोनको विक्री ११ प्रतिशतले घटेको थियो । यो अन्तर भर्न हुवावेई लगायत घरेलु स्मार्टफोन कम्पनीहरूले दौडधुप गरिरहेका छन् ।
एप्पलले छिटै चौथो पुस्ताको आइफोन एसई लन्च गर्दैछ । यो फोनले चीन र भारत दुबैतिर कम्पनीको विक्री बढाउने अपेक्षा गरिएको छ । चीन र भारत विश्वको सबैभन्दा ठुलो पहिलो र दोस्रो स्मार्टफोन बजार हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण