रुसले रिहा गर्यो अमेरिकी शिक्षकलाई
वासिङ्टन डीसी । अमेरिकी स्कुल शिक्षक मार्क फोगल रुसी जेलबाट रिहा भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोगललाई स्वागत गरेका थिए । भ्लादिमिर पुटिनले यसको बदलामा धेरै नपाएको ट्रम्पले भनेका थिए ।
बुधवार अर्को बन्धकलाई रिहा गरिने उनले बताएका थिए । तर, रिहा हुन लागेको व्यक्तिको नाम चाहिँ उनले खुलाएनन् । ६३ वर्षीय मार्क फोगेल एक पूर्व कूटनीतिज्ञ पनि हुन् ।
उनी मङ्गलवार साँझ वासिङ्टन डीसीमा आइपुगेका थिए । फोगलको रिहाइ रुससँगको सम्झौता अन्तर्गतको बन्दी आदानप्रदान कार्यक्रमको एक हिस्सा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बताएका थिए ।
‘मलाई अहिले आफू संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्तो लागिरहेको छ । म एक मध्यमवर्गीय शिक्षक हुँ जो अहिले सपनाको संसारमा आइपुगेको छ’ फोगलले भने ।
‘यो निकै निष्पक्ष र उचित थियो । कसैलाई भोलि पनि रिहा गरिनेछ ।’ रुससँगको कैदी सम्झौतातर्फ औँल्याउँदै ट्रम्पले भने । फोगललाई रुसको एउटा विमानस्थलबाट २०२१ मा पक्राउ गरिएको थियो । उनको साथबाट थोरै मात्रामा गाँजा फेला परेको थियो । रुसले उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण