अमेरिकाको देखासिकीमा अवैध आप्रवासीमाथि कडाइ गर्दै बेलायत
लन्डन । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेयता अवैध आप्रवासीमाथि कडाइ चर्किएको छ । त्यस्ता मान्छेलाई समातेर ट्रम्पले धमाधम डिपोर्ट गरिरहेका छन् ।
यसैबिच बेलायतले पनि अमेरिकाको देखासिकीमा अवैध आप्रवासीमाथि कडाइ गर्न थालेको छ । जनवरीमा सयौँ अवैध आप्रवासीलाई पहिचान गरेर समातेको र यो कार्य जारिरहने बेलायत सरकारले जनाएको छ ।
बेलायतको प्रवर्तन टोली यतिबेला अवैध रूपमा देशमा बसोबास गर्ने मानिसहरूको पहिचान गर्न व्यस्त छ । कागजातको अभावमा, यी मानिसहरू दक्ष श्रममा जान सक्दैनन् । त्यसैले यिनीहरू झिना मसिना काममा अल्झिन्छन् । अधिकांशले पेट्रोल पम्प, रेस्टुरेन्ट, होटल, कार धुने पसल, ब्युटी पार्लर र स्पा सेन्टरहरूमा काम गरिरहेका छन् ।
सस्तो श्रमको खोजीमा यस्ता व्यवसाय चलाउनेहरूले अवैध आप्रवासीलाई काममा राख्छन् । कसैलाई शंका नहोस् भनेर लेनदेन पनि नगदमै गर्छन् । तर अब बेलायत सरकारले यी ठाउँहरूमा छापा मार्दैछ । गत वर्षको तुलनामा यस्तो छापामारीमा ७३ प्रतिशतले वृद्धि भएको छ ।
के भन्छ बेलायत सरकार ?
बेलायतको आप्रवासन नियमको सम्मान गर्नुपर्ने बेलायती गृहमन्त्री एभेट कूपरले बताएकी छिन् । अवैध रूपमा काम गर्नेहरू लामो समयदेखि भागिरहेका र सरकारी प्रणालीको दुरुपयोग मात्र नभएर यसले आप्रवासीहरूको शोषण गर्ने उनले बताइन् । यो मानव बेचबिखन बढ्दै जानु जस्तै भएको उनको भनाइ छ ।
अवैध आप्रवासनको असर बेलायती अर्थतन्त्रमा परिरहेको उनले बताइन् । बेलायत पहिलादेखि नै महँगीको चपेटामा छ । घुसपैठ गरेर बेलायत छिर्नेकै अपराध बढिरहेको आरोप स्थानीयहरूले लगाउन थालेका छन् । आफ्नो अर्थतन्त्र सुधार गर्ने र स्थानीय जनतालाई खुसी पार्ने प्रयासमा बेलायती सरकारले अवैध आप्रवासीहरूमाथि कारबाही गरिरहेको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण