नयाँ प्रतिभा तान्न कम्पनीले दियो निःशुल्क रक्सी र ह्याङओभर बिदाको अफर
टोकियो । आकर्षक तलब दिएर कामदारहरू आकर्षित गर्न नसकेपछि जापानको एक प्रविधिसम्बन्धी कम्पनीले नयाँ जुक्ति अपनाएको छ । नयाँ प्रतिभालाई तान्न कम्पनीले निःशुल्क मादक पदार्थ र ह्याङओभरमा छुट्टी दिने अफर ल्याएको हो ।
सन् १९९० ताकाको आर्थिक क्रान्तिपछि जापानको अर्थतन्त्रमा त्यहाँको कामदारको तलब त्यति धेरै बढ्न सकेको छ । केही कर्पोरेट कम्पनीहरूले नयाँ प्रतिभालाई आकर्षित गर्न सुरुवाती तलब वृद्धि गर्ने योजना सार्वजनिक गरे पनि साना र मध्यम आकारका कम्पनीसँग यसका लागि पर्याप्त बजेट छैन ।
ठुला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नका लागि यस्ता कम्पनीहरूले पृथक् योजनाहरू ल्याउनुपर्ने हुन्छ । ओसाकाको एउटा सानो प्रविधिसम्बन्धी कम्पनीले यस्तै योजना सार्वजनिक गरेको हो । आफ्ना कामदारहरूलाई कामको समयमा निःशुल्क मादकपदार्थ दिने र ह्याङओभरको छुट्टीसमेत दिने योजना सार्वजनिक गरेपछि कम्पनी यतिबेला भाइरल बनेको छ ।

कामको समयमा रक्सी पिउनु धेरै कम्पनीहरूमा वर्जित छ । तर, मिडारिबासीमा रहेको ट्रस्ट रिङ कम्पनी लिमिटेडमा भने यो लागू हुँदैन । त्यहाँ कम्पनीकै मालिकले आफ्ना कामदारहरूलाई रक्सी बाँड्छन् ।
युवा प्रतिभाहरूलाई आकर्षित गर्न योजना अन्तर्गत यो नीति उनले अपनाएका हुन् । यदि कसैले धेरै पिएर ह्याङओभर भयो भने पनि भोलि ह्याङओभर बिदा लिएर ढिला अफिस आउन पनि पाउनेछन् । यसमा कसैले प्रश्न पनि उठाउँदैनन् ।
‘मैले ह्याङओभर बिदा प्रयोग गरेर १२ बजे मात्र अफिस आएँ,’ एक महिला कामदारले कानसाई टिभीसँग भनिन्, ‘तपाईं २–३ घण्टा थप सुतेर फ्रेस भएर अफिस आउन पाउनुहुन्छ । यसरी तपाईं थप काम राम्ररी गर्न सक्नुहुन्छ ।’
कम्पनीका सीईओले आफूसँग कामदारहरूलाई थप तलब लिने क्षमता नभएका कारण यस्तो योजना ल्याएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण