‘कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका हुन्’
बुधबार, ३० माघ २०८१, १५ : ५७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले गर्ने गरेको बताएका छन् ।
निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘कर्मचारीहरूको संगठन हुनुहुँदैन । कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन । कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आजमात्र आएको होइन’, प्रधानमन्त्री ओलीले भने,‘यी राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने हो ।’
कर्मचारीविरुद्ध हमला पहिलादेखि हुँदै आएको भन्दै दल वा व्यक्ति हेरेर नभई निष्पक्ष ढंगले कर्मचारीले सेवा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण