प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट हट्नुपर्दा कतिपय व्यक्ति छाती पिट्ने र कपाल लुछ्ने काममा लागिरहेको बताएका छन् । बुधवार निजामती कर्मचारी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘कतिपय व्यक्ति अहिले छाती पिटेका छन्, कपाल लुछेका छन् । स्वीजरल्याण्डमा पैसा लुकायो भन्छन्’, उनले भने, ‘यहाँ केही नपाएपछि स्वीजरल्याण्ड भनेर देखाउँछन् ।’ उनले त्यस्तो भन्ने मान्छे राघे पाटे, ध्वाँसे ध्वाँसे रहेको पनि बताए । ‘उही हो, राघे पाटे, ध्वाँसे ध्वाँसे उही मान्छे हो । स्वीजरल्याण्डको बैंकले विल पठायो रे ! कम्बोडियाको टेलिकमले विल बठायो रे !’, ओलीको भनाइ छ ।
उनले वर्तमान गठबन्धन एमाले र कांग्रेस दुवैले चेतेपछि बनेको बताए । ‘कांग्रेसले पनि चेत्यो, हामीले पनि चेत्यौँ’, प्रधानमन्त्रीले भने- ‘शिवजीले समेत मरिसकेकी सतीदेवी काँधमा हालेर हिन्दा हिन्दा पार लागेन । यते झर्छ, उतै झर्छ ।’
प्रधानमन्त्रीले शिवजीले पनि अगतिला तत्त्व बोक्दा पार नलागेको अवस्थामा आफूहरूले बोक्दा पार लाग्ने कुरै नभएको भन्दै माओवादीतर्फ सङ्केत गरे ।
‘३२ नम्बर जितेको छ, धाक कस्तो छ भने पाँचै वर्ष खान्छु । धम्क्याएर खान्छु’, प्रचण्डको नाम नलिई ओलीले भने, ‘गजबको मिठो सपना भङ्ग भएपछि त्यस्ता तत्त्वहरूको बेहाल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण