रुसको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जनाको मृत्यु
बुधबार, ३० माघ २०८१, १६ : ३२
किभ । रुसले हानेको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जना मारिएका छन् । किभका मेयरले बताएअनुसार बुधवार बिहान भएको सो आक्रमणमा घाइते हुनेमा मृतक ९ वर्षकी ती बालिका पनि थिइन् । रुसले हानेको ७ मध्ये ६ वटा ब्यालिष्टिक मिसाइल र ७१ वटा ड्रोन आफूहरूले खसालेको युक्रेनी सेनाले बताएको छ ।
मिसाइल र ड्रोनका कारण सहरभरमा कयौँ स्थानमा आगलागी भएको उनीहरूले बताएका थिए । शान्ति वार्ता भयो भने बरु रुससँग जमिन साट्न पनि तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ आएपछि यो आक्रमण भएको हो । पछिल्लो आक्रमणका कारण किभको होलोसिभस्की, पोदिल्स्की, स्भियातोशिन्स्की र ओबोलोन्स्की जिल्लामा क्षति भएको किभका मेयर भिताली क्लित्श्कोले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण