पुटिनपछि जेलेन्स्कीसँग ट्रम्पको फोनवार्ता
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका छन्। यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार 'शान्ति सम्झौता' र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।
लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै दुई नेताबिच अमेरिका र युक्रेनी नेताहरूबिच शुक्रबार म्युनिखमा हुने बैठकको बारेमा वार्ता भएको जानकारी थिइन्। त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
यसैबिच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमा लेखे, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकोमा म आभारी छु। उहाँले (ट्रम्प) ले मलाई राष्ट्रपति पुटिनसँग भनेको कुरा सुनाउनुभयो ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कुरा गरेका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन्। ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, ’हामी साउदी अरबमा भेट्नेछौँ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण