काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट सुन बरामद, दुई जना पक्राउ
बिहीबार, ०१ फागुन २०८१, ११ : ३४
काठमाडौँ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसबाट प्रहरीले सुन बरामद गरेको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट ३१८ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय महेश अम्रुत मानि र २४ वर्षीय राहुल खंडु सरकला छन् । बा.प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन भेटिएको हो ।
बसको स्लिपर सिटमा महेश अम्रुतले आफू सुतेको सिरानी मुनि कागजमा बेरेर ल्याएको अवस्थामा सुन भेटिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
-
फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण