विराट कोहली होइन, रजत पाटिदार बने रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले रजत पाटिदारलाई कप्तानको जिम्मेवारी दिएको छ । प्रभावशाली खेलाडी विराट कोहलीलाई कप्तानको जिम्मेबारी दिने चर्चाबिच आरसीबीले रजतलाई कप्तान बनाएको हो । रजत सन् २०२१ मा आरसीबीसँग जोडिएका थिए ।
आईपीएलको अघिल्लो सिजनमा दक्षिण अफ्रिकाका प्रभावशाली खेलाडी फाफ डु प्लेसिसले आरसीबीको कप्तानको जिम्मेबारी निर्वाह गरेका थिए । तर, यसपटक आरसीबीले उनलाई रिटेन गरेन । मेगा अक्सनमा पनि आरसीबीले फाफ डु प्लेसिसलाई खरिद गरेन । आईपीएलको आगामी सिजनका लागि फाफ डु प्लेसिस दिल्ली क्यापिटल्ससँग जोडिएका छन् । उनलाई दिल्लीले दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
सन् २०२५ को मेगा अक्सनअघि आरसीबीले रजतसहित तीन खेलाडीलाई मात्र रिटेन गरेको थियो । रजतलाई रिटेन गर्न आरसीबीले ११ करोड भारतीय रुपैयाँ खर्चिएको थियो । रजतका अतिरिक्त आरसीबीले विराटलाई २१ करोड र यश दयाललाई पाँच करोड रुपैयाँमा रिटेन गरेको थियो ।
रजतले हालसम्म आरसीबीका लागि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, यसपटक समर्थकहरुले उनीसँग उत्कृष्ट प्रदर्शनसँगै उपाधिको पनि आशा गरेका छन् । रजतले हालसम्म आईपीएलको २४ पालीमा ३४.७३ को औसत र १५८.८४ को स्ट्राइक रेटमा कुल सात सय ९९ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र सात अर्धशतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण