टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्दैछ ट्रम्प प्रशासन
बिहीबार, ०१ फागुन २०८१, १३ : ५५

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्ने भएको छ । विदेश मन्त्रालयको नयाँ दस्तावेजले यस्तो देखाएको हो ।
यो खरिद आव २०२५ मा गरिने उक्त दस्तावेजमा भनिएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्क यतिबेला ह्वाइट हाउसका शीर्ष अधिकारी छन् । ट्रम्पले उनलाई सरकारी दक्षता विभागको जिम्मा दिएका छन् ।
यो विभागको काम सङ्घीय सरकारको कर्मचारी र खर्च कटौती गरेर भ्रष्टाचार घटाउनु रहेको छ । सरकारले कुन कुन सवारी साधन किन्न लागेको हो भनेर चाहिँ खुलाइएको छैन । तर एउटा विकल्प टेस्लाको साइबर ट्रक हुन सक्ने मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !