काठमाडौँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत सुरु भएको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो ।
_l4qGFM98I8.jpg)
सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातिदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।
_PfpPbjJ2Ha.jpg)
पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । मर्मत पूर्ण रूपमा सकिएपछि परीक्षण गरी पानी वितरण प्रक्रिया सुरु गर्ने केयूकेएलले जानकारी दिएको छ ।
_b7fbWWmHLs.jpg)
विद्युत्का तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो । जसले विशेष अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । बिहीबार पानी छिरेका सरकारी कार्यालयहरूमा सफाइको काम गरिएको छ ।
_2QIaCsFaRB.jpg)
_fi6rHpoisu.jpg)
_08YkiUHtwU.jpg)
_FQ5j0fbXc7.jpg)
_JuhNuI7bfw.jpg)
_74MR0hmJTl.jpg)
_IKsBhZIHSn.jpg)
_dBoZmIS2yt.jpg)
_lgT1sbmAl4.jpg)
_p2RSpxS3UI.jpg)
_NrhtD5bqPO.jpg)
_I4iY2odAGA.jpg)
प्रतिक्रिया