प्रधानमन्त्री केपी शर्मा ओलीसँग कृषिबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिका विभिन्न विषयहरूबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि उत्पादनमा आत्मनिर्भरताको लागि अगाडि बढाएको नीतिगत सुधारका कार्य, कृषि ऐन निर्माणको लागी विधेयकको मस्यौदा तर्जुमा, स्पष्ट कृषि नीति, किसानलाई दिइने कृषि सेवा प्रवाहमा सहजता लगायत विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।
सो छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रासायनिक मल खरिद तथा वितरणको झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्न (ऐन, नियमावली, निर्देशिका, कार्यविधि संशोधन), रासायनिक मल तथा कृषि उपजमा हुने कालोबजारीको नियन्त्रण, जीविकोपार्जनका लागि कृषि कर्म गर्ने कृषकदेखि व्यावसायिक तथा औद्योगिक कृषि गर्ने कृषकहरूलाई सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था, कृषि लगानी दशक “२०८१–०९१”, उखु किसानलाई दिइने अनुदान तथा प्रोत्साहन रकमको भुक्तानी, चालु आर्थिक वर्षको योजना तथा बजेट कार्यान्वयन र आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र योजना तर्जुमा, नेपाल कृषि अनुसन्धान परिषद् र दुग्ध विकास संस्थानको पुनर्संरचना लगायत किसानसँग प्रत्यक्ष सरोकार रहेको जनजीविकाको विषयहरूमा जनाकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण