रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प
बिहीबार, ०१ फागुन २०८१, २१ : २२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै तीन वर्षदेखि रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न खोजिरहेका छन् । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुस र युक्रेनबिच चलिरहेको युद्ध अन्त्य गर्ने बारेमा प्रतिक्रिया दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल मञ्च सोसल टुथको आफ्नो अकाउन्टमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन्, ‘हामीले हिजो रुस र युक्रेनसँग राम्रो कुराकानी गर्यौं । युद्ध अन्त्य हुने राम्रो सम्भावना छ ।’
यसअघि बुधवार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको र उनीसँग भेट्न लागेको बताएका थिए । रुस र युक्रेनबिचको २०२२ को फेब्रुअरीमा युद्ध सुरु भएको थियो । त्यसबेलादेखि, अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण