साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै
क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी ओपनएआईको प्रमुख कार्यकारी अधिकारी (सीईओ) हुन् साम अल्टम्यान । यतिबेला प्रविधि जगतमा अल्टम्यान सर्वाधिक महत्त्वपूर्ण व्यक्तिमध्ये एक हुन् । तर झन्डै साढे तीन खर्ब डलर बजार पुँजीकरण भएको कम्पनीको सीईओको वार्षिक तलब ७६ हजार डलर मात्रै छ । प्रविधि जगतमा असाधारण तलब सुविधा हुन्छ । तर साम अल्टम्यानको अवस्था अलिक फरक छ ।
ब्लुम्बर्गमा हालै छापिएको समाचार अनुसार सीईओको भूमिका निर्वाह गरेबापत अल्टम्यानले वर्षमा ७६ हजार १ डलर तलब थापेका छन् । अनि कम्पनीमा उनको शेयर पनि छैन । सीएनबीसीको मेक इटका अनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओ जेफ बेजोसले पनि दशकौँसम्म ८१ हजार ८४० डलर मात्रै तलब थापिरहेका छन् । तर उनीसँग कम्पनीको ठुलो परिमाणमा शेयर छ । यसैका कारण उनी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।
अल्टम्यानबारे जरुरी अर्को कुरा के भने उनले ओपनएआईको शेयर लिन मानेनन् । उनले कम्पनीको १ प्रतिशत मात्रै शेयर लिएको भए पनि उनको नेटवर्थ बढेर ३४ अर्ब डलरमा पुग्थ्यो ।
ओपनएआईको बजार पुँजीकरण झन्डै ३ खर्ब ४० अर्ब डलर छ । कम्पनीको १ प्रतिशत शेयरले मात्रै पनि उनलाई विश्वको ५० औँ धनी व्यक्ति बनाउँथ्यो । अल्टम्यान ओपनएआईका संस्थापक र वर्तमान सीईओ पनि हुन् । कम्पनीमा उनले यो भन्दा धेरै शेयर पाउने भए उनीसँग कति नेटवर्थ हुन्थ्यो होला ? कल्पना गर्नुस् त ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण