गोप्य यौन भिडियो खिच्ने दक्षिण कोरियाली फुटबल खेलाडीलाई सजाय
सोल । दक्षिण कोरियामा एक जना फुटबल खेलाडीलाई आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको भिडियो गोप्य रूपमा खिचेको मामिलामा दोषी ठहर गरिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले छापेको समाचार अनुसरा फुटबलर ह्वाङ उइ–जोलाई एक वर्षको निलम्बित जेल सजाय सुनाइएको छ ।
नटिङ्घम फरेस्टका ३२ वर्षीय पूर्व स्ट्राइकर अहिले टर्किस क्लब अलान्यास्पोरबाट खेल्छन् । उनी दक्षिण कोरियाली राष्ट्रिय टोलीबाट पनि खेल्थे । तर आरोपका कारण २०२३ मा उनलाई टोलीबाट निकालिएको थियो ।
गैरकानुनी रुपमा भिडियो खिच्नुको समाजमा पर्नसक्ने गम्भीर हानिकारक प्रभावलाई ध्यानमा राख्दै ह्वाङलाई कडा सजाय दिन जरुरी भएको सियोल अदालतले भनेको थियो । तर, ह्वाङ पछुताएको र भिडियोहरू तेस्रो पक्षले सामाजिक सञ्जालमा पोस्ट गरेको पनि अदालतले बताएको थियो । त्यसैले उनलाई यस मामिलामा केही छुट दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण