अटाे व्यवसायलाई अत्यावश्यक व्यवसायमा वर्गीकरण गर्नुपर्छ : अध्यक्ष चौधरी
बुटवल । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो व्यवसायलाई अत्यावश्यक व्यवसायमा वर्गीकरण गर्न माग गरेका छन् ।
अटो व्यवसाय विलासिताका क्षेत्रमा पर्दा बैंकिंड लगानीदेखि व्यवसाय वृद्धिमा राज्यबाट आवश्यक सहयोग नपाएको बताउँदै चौधरीले अटो व्यवसायलाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गर्न माग गरेका हुन् ।
नाडा लुम्बिनीको साधारण सभामा भाग लिन रुपन्देही आएका चौधरीले सवारी साधन व्यक्तिको आर्थिक उन्नतिको अत्यावश्यक वस्तु भएकाले उत्पादनमूलक व्यवसायमा वर्गीकरण गर्न समस्या नहुने बताए । उनले अर्थतन्त्र चलायमान बनाउन अटो क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अटो क्षेत्र चलायमान हुँदा अर्थतन्त्रमा ९ प्रतिशतसम्म योगदान पुग्ने बताए ।
अध्यक्ष चौधरीले अटो व्यवसायप्रति राज्य सहयोगी नहुँदा व्यवसायीहरू पलायन हुन लागेको बताउँदै स्वदेशमै बसेर अटो व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरे । उनले भने, ‘अटो व्यवसायमा १ खर्बभन्दा बढी लगानी रहेको छ । अटो व्यवसायले करिब एक लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अटोमोबाइल क्षेत्र जस्तो ठुलो करदाता र रोजगारी सिर्जना गर्ने व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण राम्रो छैन ।’
नाडा लुम्बिनीका अध्यक्ष गणेशप्रसाद भट्टराईले हवाई यातायात ज्यादै महँगो र जलमार्गको विकास नभएको वर्तमान अवस्थामा सवारी तथा ढुवानीका लागि एक मात्र विकल्पको रूपमा अटोमोबाइलका साधनहरू रहेको बताए । यस्तोमा देशको सवारी र ढुवानीको लागि मात्र नभई नेपालको उद्योग देखि कृषिसम्म सेवा पुर्याउने साधन पनि अटोमोबाइल भएको बताउँदै यसप्रति राज्यको हेर्ने दृष्टिकोण फेरिनुपर्ने बताए।
‘सवारी साधनलाई विलासिताको वस्तु मान्दै सरकारले कार, जिप, र भ्यानहरूमा २५० प्रतिशतदेखि ३६० प्रतिशतसम्मको कर लगाएको छ । मोटरसाइकलमा १०५ प्रतिशतदेखि ३०७ प्रतिशतसम्मको करले युवा र मध्यम वर्गीय परिवारलाई थप आर्थिक बोझ पुर्याएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
-
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
८ वर्षको लामो पर्खाइपछि ठुलो पर्दामा प्रीति जिन्टाको कमब्याक
-
पश्चिम तराईमा ‘लू’ चल्ने, पूर्व र पहाडी सहरहरूमा मध्यम वर्षा
-
पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण