परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : अध्यक्ष प्रचण्ड
हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताएका छन् । नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको उनले बताए ।
मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको बताए । सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । नागरिकहरूले देश भर नै एक पटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको उनले बताए ।
‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ’ उनले भने, ‘बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो । माओवादी प्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार हमासंघको निर्वाचनले पनि प्रस्ट बनाएको छ । माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।’
उनका अनुसार आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको हो । रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू संचालन गरिएको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको उनले बताए । आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उनले निर्देशन दिए । सुशासनको दृष्टिकोणबाट ११ ओटा स्थानीय तहमा माओवादी केन्द्रको राम्रो रहेको छ अध्यक्ष प्रचण्डको भनाई छ ।
पार्टीमा नागरिकको आस्था बढेकाले कमी कमजोरीलाई सुधार गर्दै विगतमा हारेका क्षेत्रमा जित्ने अवस्था बनिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण