अध्यादेश सबै राजनीतिक दलको सहमतिमा पारित हुन्छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरेका हुन् ।
महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयहरूलाई छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे ।
फरक प्रसङ्गमा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिले सम्म राजनैतिक सहभागिताबारे निर्णय गरी नसकेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण