बागमती गोल्डकप : आयोजकलाई हराउँदै सर्लाहीको विजयी सुरुवात
मकवानपुर । शनिबारदेखि सुरु भएको बागमती गोल्डकपको पहिलो खेलमा नै सर्लाहीले आयोजकलाई स्तब्ध बनाएको छ ।
मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा सुरु भएको सातौँ संस्करणको फुटबल प्रतियोगितामा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई सर्लाहीको बागमती युथ क्लबले पराजित गरेकाे हो ।
शहीद स्मृति रंगशालामा खेलिएको खेलमा सर्लाहीले आयोजक बागमतीलाई १–० गोलअन्तरले हरायो । सर्लाहीको जीतमा विमल घिसिङले निर्णायक गोल गरे । उनले खेलको ७६ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । उनले म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता छ । प्रतियोगिताअन्तर्गत भोलि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र हानामीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले पाँच लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताका आयोजना गर्न गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट सहयोग गरेको छ । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै स्थानीय तह तथा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको छ ।
गत वर्ष काठमाडौँको मच्छिन्द्र क्लबले यस प्रतियोगिताकाे उपाधि जितेको थियो भने सशस्त्र प्रहरी बलको एपीएफ उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण