हाम्रो कारणले ओलीको अध्यादेश थन्कियो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिएका हुन् ।
उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्यौँ । दुवैले सल्लाह गर्यौँ । प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’
अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको जिकिर गरे। एमालेले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउँदै पार्टीको रूपमा नचलेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण