जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री
काठमाडौँ । पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेटेका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुवैको उपचार भइरहेको छ । मन्त्री पौडेलले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको र कुनै कमी नल्याउनका लागि अनुरोध गरेको बताए । मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसकैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताए ।
त्यसक्रममा उनले अरू बिरामीहरूको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएको उनको सचिवालयले जनाएको छ । पौडेलका अनुसार वीर अस्पताल अन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण