पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
काठमाडौँ । पोखरा घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘यस्तो खाले बेलुन उडाउनलाई हावा राख्ने त्यो त घातक हुने रहेछ । अब यस्ता कुराहरूलाई ख्याल गर्नुपर्छ । अब यस्तो घटना नहुने गरी व्यवस्था गर्नुपर्छ ।’
शनिवार पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरूको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । त्यस्तै पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चिकित्सकहरूले जाँच गरेको र खतरामुक्त रहेको जानकारी दिएको दिए ।
घटना हुने बितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण