पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ

काठमाडौँ । पोखरा घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘यस्तो खाले बेलुन उडाउनलाई हावा राख्ने त्यो त घातक हुने रहेछ । अब यस्ता कुराहरूलाई ख्याल गर्नुपर्छ । अब यस्तो घटना नहुने गरी व्यवस्था गर्नुपर्छ ।’
शनिवार पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरूको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । त्यस्तै पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चिकित्सकहरूले जाँच गरेको र खतरामुक्त रहेको जानकारी दिएको दिए ।
घटना हुने बितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’
-
‘कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न सक्दैन’
-
कोहलपुरमा भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण