सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सांसद कंसाकारको जोड
आइतबार, ०४ फागुन २०८१, १३ : ५६
काठमाडौँ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट पीडित हुने गरेको भन्दै सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी हुन् । आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपत्कालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई थियो ।
त्यस्तै उनले सदनमा जलनसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको भन्दै जलन विधेयक पारित गर्न आग्रह गरिन् । कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा जलन अस्पताल बनाउने निर्णय भए पनि यसमा कसैको ध्यान नगएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण