राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित
आइतबार, ०४ फागुन २०८१, १६ : ४५
काठमाडौँ । राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो ।
बैठकमा सरकारको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरूले छलफल गरे । सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण