‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
आइतबार, ०४ फागुन २०८१, १७ : १४

काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ । आरबी खड्काको शब्द, सुवास सेन्चुरीको सङ्गीत गीतमा छ ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको प्रेम र रोमान्स देखाइएको छ । भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।