दक्षिण कोरियामा डीपीसिक डाउनलोड गर्नमा रोक
सोल । चिनियाँ कम्पनीले हालै मात्र एआई उद्योगमा तहल्का मच्चायो । कम्पनीको एआई मोडल जारी हुने यो निकै चर्चित भएको थियो । चर्चा चुलिएसँगै राष्ट्रिय सुरक्षातिर औँल्याउँदै अमेरिका, भारत लगायत केही देशले यसमा बन्देज लगाए ।
यसैबिच दक्षिण कोरियाले पनि डीपसिक निलम्बित गरेको छ । रोयटर्सलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले छापेको समाचारका अनुसार दक्षिण कोरियाको डेटा संरक्षण प्राधिकरणले घरेलु एप स्टोरहरूमा डीपसिक डाउनलोडमा रोक लगाएको छ ।
डीपसिकले दक्षिण कोरियाको डेटा र सुरक्षाको नियम पूरै पालना नगरेको भनिएको छ । एप स्टोरमा डीपसिकको डाउनलोड निलम्बित गरिएको त्यहाँको पर्सनल इन्फर्मेशन प्रोटेक्शन कमिशनको उपाध्यक्ष चोई जाङ–ह्युकले पुष्टि गरेका छन् ।
अब नियामकले डीपसिक एपको डेटा संरक्षण नीतिको छानबिन गर्नेछ । यस क्रममा एपले स्थानीय गाइडलाइन्स पालना गरेको छ कि छैन भनेर हेरिनेछ ।
चिनियाँ स्टार्टअप कम्पनी डीपसिकको डीपसिक आर १ तर्कसङ्गत एआई मोडल हो । कम्पनीले करिब डेढ महिना अघि आर १ लाई लन्च गरेको थियो । आर १ चर्चित हुनुको एक कारण यसको मूल्य पनि हो ।
अमेरिकी एआई कम्पनी ओपनएआईले एआई ०१ बनाउन १५ डलर प्रतिमिलियन इनपुट टोकन र ६० डलर प्रति मिलियन टोकन खर्च गरेको थियो । तर डीपसिक आर१ को मूल्य ५५ सेन्ट प्रति मिलियन इनपुट टोकन र २ डलर १९ सेन्ट प्रति मिलियन टोकन खर्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण