अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए ।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको नकर्मीको भनाइ छ ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’
मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।
यस्तै आचार्यलाई सङ्क्रमणको जोखिम कम गर्न हाललाई भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण