५ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरस्थित टहरामा बस्ने गुल्मी छत्रकोट गाउँपालिका बिगामकोट घर भएकी ३५ वर्षीया सीता पौडेल सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कमला स्टिल फ्याक्ट्रीमा काम गर्ने भारत नागौर राजस्थान गाउँ सारडी घर भएका हाल ६० वर्षीय राम गोपाल शर्मा सोही फ्याक्ट्रीको क्वाटरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका-४ मनैया टोल सुनपुर बस्ने ७४ वर्षीय जय बहादुर खत्री लामिछाने पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार बस्ने ४८ वर्षीय राज कुमार श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछापको मन्थली नगरपालिका-२ पिप्ले बस्ने ५० वर्षीय मोहनसिंह तामाङ गोकुलगंगा गाउँपालिका-६ फर्पु थलाडाँडास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन