मस्कको डजले खोज्यो करदाताहरूको संवेदनशील डेटामा पहुँच
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डज)ले अमेरिकी करदाताहरूको संवेदनशील डेटामा पहुँच पाउन सक्ने देखिएको छ । मिडिया रिपोर्टका अनुसार, डज आफैंले यो संवेदनशील डेटामा पहुँच मागेको छ ।
स्वीकृत भयो भने दक्षता विभागका कर्मचारीहरूले सामान्यतया: गोप्य राखिने लाखौं फाइलहरूमा पहुँच पाउनेछन् । यसमा करदाताहरूको बैंक रेकर्ड र अन्य संवेदनशील कागजातहरू पनि हुनेछन् ।
मन्जुरी अघि नै सुरु भयो विरोध
मिडिया रिपोर्टहरूका अनुसार, डजले एकीकृत डाटा पुनःप्राप्ति प्रणाली वा आईआरएससम्म पहुँचको माग गरेको छ । तर, सरकारले स्वीकृति दिनुभन्दा पहिले नै यसको विरोध सुरु भएको छ । यसरी करदाताहरूको रेकर्ड साझा गर्दा अमेरिकी नागरिकहरूलाई दुर्भावनापूर्ण रूपमा लक्षित गर्न सकिने र उनीहरूको गोपनीयता हनन हुने भन्दै कयौँ राजनीतिज्ञ र कानुनी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
डेमोक्रेटिक सांसदहरू सिनेटर रोन वाइडेन, डी–ओरे, र एलिजाबेथ वारेन, डी–मास, आक्रोशित छन । कार्यवाहक आईआरएस आयुक्त डगलस ओ’डोनेललाई पत्र लेखेर कर रिटर्न र निजी बैंक रेकर्डमाथि विभागको छानबिनको औचित्यमाथि प्रश्न उठाएका छन् ।
स्वीकृति दिने ह्वाइट हाउसको सङ्केत
दक्षता विभागलाई खाईआरएस डेटामा पहुँच दिन सकिने ह्वाइट हाउसका प्रवक्ता ह्यारिसन फिल्ड्सले सङ्केत गरेकी छिन् । ‘हाम्रो भाँचिएको प्रणालीमा फोहोर, ठगी र दुरुपयोग धेरै लामो समयदेखि गहिरो रूपमा जरा गाडेर बसेको छ ।
तिनीहरूलाई पहिचान गर्न र समाधान गर्न प्रणालीमा सिधा पहुँच आवश्यक पर्दछ । आईआरएस ठगी पर्दाफास भइरहनेछ किनभने अमेरिकी जनताले आफ्नो सरकारले आफ्नो मेहनतले कमाएको कर डलर केमा खर्च गरिरहेको छ भनेर जान्न योग्य छन्,’ इमेल गरिएको एक विज्ञप्तिमा उनले भनेकी छिन् ।
मुद्दा अदालत पुग्यो मामिला
सोमबार एक संघीय न्यायाधीशले खर्बपति मस्क र डजको अधिकारमाथि प्रश्न उठाएका छन् । तर डजलाई प्रतिबन्ध गर्ने माग बारे भने उनले शंका व्यक्त गरेका छन् । संघीय सरकारको आकार घटाउने प्रयासको एक भागको रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी दक्षता विभाग खोलेर मस्कलाई यसको प्रमुख बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण