शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन सम्झौता सम्पन्न

मङ्गलबार, ०६ फागुन २०८१, १० : ४३
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । ताप्लेजुङमा निर्माण हुने  ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।

सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन २२०/१३२ केभी हाङ्गपाङ्ग सब–स्टेसनमा जोडिनेछ । 

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ । त्यसमा  १३२/२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत् प्रवाह गर्नेछ ।

ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरु गरी सन २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।

ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ रहेको छ । ३ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ । आयोजनाको विद्युत् गृह अर्धभूमिगत रहनेछ भने विद्युतगृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन् । आयोजनाले वार्षिक रुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप