सिरहामा किशोरी मृत्यु प्रकरण : चिकित्सकको रिपोर्ट पर्खिँदै प्रहरी
काठमाडौँ । सिराहको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीया किशोरी माघ ३० मा मृत फेला परिन् ।
घरमा झुन्डिएको अवस्थामा रिंकुकुमारी सदा मृत भेटिएकी हुन् । उनका आफन्त र परिवारले बलात्कृत भएपछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् । आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
किशोरीका काकाले फागुन १ मा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले रातोपाटीलाई बताए । उनले भने, ‘बलात्कार भएको विषयमा पनि अनुसन्धान हुन्छ, बलात्कार यकिन गर्न चिकित्सकको रिपोर्ट पर्खिरहेका छौँ ।’
प्रहरीले धरान स्थित बिपी कोइराला मेमोरियल अस्पतालमा शव पोस्टमार्टम गर्दा बलात्कारबारे पनि परीक्षण गरिदिन पत्राचार गरेको थियो । डीएसपी पासवान भन्छन्, ‘बलात्कार भएको रिपोर्ट आएमा त्यसबारे पनि अनुसन्धान गर्छौँ ।’
आत्महत्या दुरुत्साहन गरेको कसुरमा चिंकु भन्ने रुपेश मण्डललाई प्रतिवादी बनाएर मृतकका काकाले जाहेरी दिएका छन् । १९ वर्षीय मण्डल फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण