नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्न सके नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको बताए । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधीय वनस्पति र अन्य जैविक श्रोतहरूको व्यावसायिक र वैज्ञानिक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पुर्याउने उनको भनाई थियो ।
उनले भने, ‘यहाँ पाइने विभिन्न वनस्पति, जडीबुटी, कृषिबाली तथा जैविक स्रोतहरूले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने गरेको कुरा हामी सबैलाई थाहा छ । तर यी जैविक श्रोतहरूको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन सकेको छैन । राज्यले यसको व्यवस्थापन जुन ढंगबाट गर्नुपर्ने थियो, त्यसमा राम्रोसँग ध्यान नपुगेको मलाई लाग्दछ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्न सके हाम्रो कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण