दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान
काठमाडौँ । १३ जना नेपाली सहायक कामदार (केयरगिभर) इजरायल प्रस्थान गरेका छन् । इजरालका दीर्घकालीन स्याहार केन्द्रहरूमा काम गर्न उनीहरू प्रस्थान गरेका हुन् ।
आज दिउँसो वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री, नेपालका लागि इजरायली राजदूत स्मुलिक एसिअ बास लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनीहरूलाई बिदाई गरेका थिए ।
इजरायले दोस्रो फेजअन्तर्गत दुई हजार जना नेपाली केयरगिभर लैजाने प्रक्रिया बढाएको थियो । सोहीअनुसार दोस्रो फेजको पहिलो चरणमा १३ जना कामदार इजरायल गएका हुन् ।
इजरायलले दुई हजार १ सय १२ नेपाली कामदारलाई दोस्रो चरणमा इजरायल लैजानेछ ।
त्यसका लागि पहिलो चरणमा मुख्य उम्मेदवारका रूपमा एक हजार जनालाई लैजाने छ भने दोस्रो चरणमा एक हजार जना वैकल्पिक कामदार लैजानेछ । त्यसका लागि गत असारमा आवेदन आह्वान गरेको थियो । तीन हजार ४६१ जनाको आवेदन सदर भएको थियो ।
भिसा जारी भइसकेका ८२ मध्ये आज १३ जना मात्रै इजरायल प्रस्थान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण