रुस–युक्रेन युद्ध अन्त्य गर्न साउदी अरबमा अमेरिका र रुसबिच वार्ता सुरु
मङ्गलबार, ०६ फागुन २०८१, १६ : २७
साउदी अरब । रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्नका लागि साउदी अरबमा वार्ता सुरु भएको छ । रुस र अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्ने सन्दर्भमा वार्ता सुरु गरेका हुन् । यो वार्तामा युक्रेन भने सहभागी छैन ।
वार्तामा रुसका विदेशमन्त्री सर्गेई लाभारोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सामेल छन् ।
अमेरिकी अधिकारीहरूले यो वार्तालाई युद्ध अन्त्य गर्न रुस कति गम्भीर छ भन्ने विषय मापन गर्नका लागि महत्त्वपूर्ण हुने बताएका छन् । यस्तै, रुसी अधिकारीले यो वार्ताका माध्यमबाट अमेरिकासँगको सम्बन्ध सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।
उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सहभागी नभएको वार्ताबाट हुने सम्झौता आफूलाई मान्य नहुने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण