प्रधानमन्त्री ओलीलाई अभिनेत्री निताको प्रश्न : यो बेइज्जतीको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?
काठमाडौँ । अभिनेत्री निता ढुंगानाले भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपालको बेइज्जत भएको भन्दै आक्रोश पोखेकी छन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा भएको नेपालको बेइज्जतीको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्नसमेत गरेकी हुन् ।
उनले देशको उन्नति प्रगति र देशमा के भइरहेको छ आफूहरूले केही देख्न नपाएको जिकिर गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्युजनमा छु।’
यस्तो छ उनको भनाई :
प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू।
म कलाकार निता ढुंगानाको तर्फबाट नमस्कार।
केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक ,
देशको उन्नति प्रगति र देशमा के भइरहेको छ हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ।
कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्युजनमा छु।
मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ भेट्न मन छ
फोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरू छन्
जुन मनमा गडिएर बसिएको छ, म मात्र होइन जसले तपाईँलाई राम्रो सोच्ने तपाईँका प्रिय जनताहरू छन् । उनीहरूको मनमा पनि ,धेरै प्रश्न गडिएर बसेका होलान् । खै त्यो जोस ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृढता ? आज देखिएको छैन ।
प्रधानमन्त्रीज्यू, राजनीति के हो राजनीतिका कुरा राजनीतिको नीति हामी जान्दैनौँ । प्रधानमन्त्रीज्यू, हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईँले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो । तर विश्वास विश्वास मात्र सीमित रह्यो सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई ।
प्रधानमन्त्रीज्यू, भर्खरै मात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनुपर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अवहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरूको देश नेपालको राष्ट्रिय बजेट पनि छैन भनेर नेपाल को बेइज्जत गरेकी रहिछन् ।
अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो ।
नेपालको यो हालत कसले बनायो ? विगत केही वर्षदेखि नेपालको शासक तपाईँहरू काङ्ग्रेस एमाले, माओवादी । अब यो बेइज्जत को जिम्मेवारी तपाईँहरूले लिनुपर्ने कि नपर्ने ?
बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण