शार्कको फोटो खिच्न खोज्दा महिलाले गुमाइन् दुवै हात
टोरोन्टो । क्यानडामा एक जना महिलाले आफ्नो दुवै हात गुमाएकी छिन् । टक्र्स एन्ड काइकोज टापुको तटमा ६ फुट लामो शार्कको फोटो खिच्ने कोसिस गरिरहँदा यो घटना भएको हो । महिला रोइकराई गरेको आवाज सुनेपछि उनका पती दौडिएर उनी भएको ठाउँमा पुगेका थिए । महिला त्यहाँ पति र परिवारको सदस्यको साथमा गरिएको बताइएको छ ।
उनले बल्लतल्ल शार्कलाई धपाएर पत्नीलाई किनारामा ल्याएका थिए । तर त्यतिबेलासम्म महिलाको दुवै हातमा निकै क्षतविक्षत भइसकेको थियो । आक्रमण फेब्रुअरी ७ मा भएको भन्दै ओडिटी सेन्ट्रलले समाचार छापेको छ । टापु छाड्न अघि महिलाको त्यहीको एउटा अस्पतालमा सामान्य उपचार भएको थियो । पछि उनलाई अन्तैको अस्पताल लगियो । तर डाक्टरहरूले महिलाको दुवै हात जोगाउन सकेनन् । दुवै काटेर फ्याक्नु पर्यो । टापुको वातावरण विभागले जारी गरेको विज्ञप्तिका अनुसार महिलाले फोटो खिच्नका लागि शार्कलाई बोलाइरहेकी थिइन् ।
क्यारेबियनमा उपचार गरेपछि थप उपचारका लागि महिलालाई क्यानडा पठाइएको थियो । आक्रमण शार्कलाई जिस्काएकोले भएको हो कि होइन भन्ने थाहा हुन सकेको छैन । तर शार्कले हत्तपत्त मान्छेलाई आक्रमण भने गर्दैनन् । महिलाको स्मार्टफोनका कारण शार्कले आक्रमण गरेको हुन सक्ने न्यूयोर्कका मछुवारा तथा संरक्षणविद् क्रिस स्टेनफानोउले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण