घटना दबाउन पञ्च बसेर बार्गेनिङ, छलफलको भोलिपल्ट रिंकुको मृत्यु

काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका–१ मा शंकास्पद रूपमा ज्यान गुमाएकी रिंकुकुमारी सदाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला नेतृत्वको छानबिन समितिका सदस्यहरू मंगलबार पीडित परिवारको घरमा पुगेर घटनाबारे सोधपुछ गरेका छन् ।
१७ वर्षीया रिंकु माघ ३० मा मृत भेटिएकी थिइन् । उनको मृत्युअघि बलात्कार भएको र सो घटना दबाउन पञ्चभेला बसेर छलफल गरेको भेटिएको छ । तर, बलात्कार पुष्टि हुनेगरी चिकित्सकहरूले परीक्षण रिपोर्ट दिइसकेका छैनन् । परीक्षण रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले रातोपाटीलाई बताए ।
रिंकुको घटना मिलाउन पञ्चभेला बसेको भेटिएको छानबिन समितिका संयोजक एसएसपी शान्तिराज कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘पञ्चभेला बसेको देखिन्छ तर, रकम लेनदेन भएको अवस्था देखिँदैन ।’
बलात्कारको घटना मिलाउन पञ्चभेलामा रकमको बार्गेनिङ समेत भएको भेटिएको छ । १९ वर्षीय रुपेश मण्डल र अरु दुईजना मिलेर घर नजिकै बाँसघारीमा उनलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । कतिपयले मण्डलले मात्रै बलात्कार गरेको जिकिर गरेका छन् । मण्डल र रिंकु प्रेम सम्बन्धमा थिए ।
अन्यत्र विवाहको कुरा चलेपछि रिंकु माघ २८ मा साँझपख हराउँछिन् । फर्केपछि माघ २९ मा घटनाबारे छलफल भएको छानबिन समितिको निष्कर्ष छ । छलफल भएको भोलिपल्ट उनको झुण्डिएर आत्महत्या गरेकी हुन् । छलफल गराउनेहरू पनि फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !