घटना दबाउन पञ्च बसेर बार्गेनिङ, छलफलको भोलिपल्ट रिंकुको मृत्यु
काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका–१ मा शंकास्पद रूपमा ज्यान गुमाएकी रिंकुकुमारी सदाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला नेतृत्वको छानबिन समितिका सदस्यहरू मंगलबार पीडित परिवारको घरमा पुगेर घटनाबारे सोधपुछ गरेका छन् ।
१७ वर्षीया रिंकु माघ ३० मा मृत भेटिएकी थिइन् । उनको मृत्युअघि बलात्कार भएको र सो घटना दबाउन पञ्चभेला बसेर छलफल गरेको भेटिएको छ । तर, बलात्कार पुष्टि हुनेगरी चिकित्सकहरूले परीक्षण रिपोर्ट दिइसकेका छैनन् । परीक्षण रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले रातोपाटीलाई बताए ।
रिंकुको घटना मिलाउन पञ्चभेला बसेको भेटिएको छानबिन समितिका संयोजक एसएसपी शान्तिराज कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘पञ्चभेला बसेको देखिन्छ तर, रकम लेनदेन भएको अवस्था देखिँदैन ।’
बलात्कारको घटना मिलाउन पञ्चभेलामा रकमको बार्गेनिङ समेत भएको भेटिएको छ । १९ वर्षीय रुपेश मण्डल र अरु दुईजना मिलेर घर नजिकै बाँसघारीमा उनलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । कतिपयले मण्डलले मात्रै बलात्कार गरेको जिकिर गरेका छन् । मण्डल र रिंकु प्रेम सम्बन्धमा थिए ।
अन्यत्र विवाहको कुरा चलेपछि रिंकु माघ २८ मा साँझपख हराउँछिन् । फर्केपछि माघ २९ मा घटनाबारे छलफल भएको छानबिन समितिको निष्कर्ष छ । छलफल भएको भोलिपल्ट उनको झुण्डिएर आत्महत्या गरेकी हुन् । छलफल गराउनेहरू पनि फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण