युक्रेनलाई गरे डोनाल्ड ट्रम्पले गाली
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला जसरी पनि रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गराउने ध्याउन्नमा छन् । युक्रेन युद्ध रोक्ने विषयमा साउदी अरबको रियादमा रुस र अमेरिकी प्रतिनिधिबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । तर यो वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वा अरु कुनै युक्रेनी प्रतिनिधि उपस्थित थिएनन् ।
साउदीमा भएको वार्तामा आफूलाई नबोलाएको देखेर जिल्ल परेको जेलेन्स्कीले भनेका छन् । यसैबिच ट्रम्पले जेलेन्स्कीको प्रतिक्रिया सुनेर आफू निराश भएको बताएका छन् । युद्ध सुरु गरेको आरोप लगाउँदै सुरुमा युक्रेनले सम्झौता गरेर युद्धलाई टार्न पनि त सक्थ्यो भनेर ट्रम्पले भनेका छन् ।
जेलेन्स्की पत्नीको साथमा बुधवार साउदी अरबको भ्रमणमा जाँदै थिए । तर अमेरिका र रुसबिचको वार्तापछि उनले आफ्नो साउदी अरबको भ्रमण मार्च १० सम्मका लागि स्थगित गरेका छन् । यसअघि सोमबार एक अन्तरवार्तामा जेलेन्स्कीले अमेरिकाले अब पुटिनलाई खुसी पार्न खोजिरहेकोले उसका लागि अनुकूल हुने कुराहरू भनिरहेको बताएका थिए । यी दुईले छिटै भेट्न खोजेको र जित पनि तात्तातै हासिल गर्न चाहेको जेलेन्स्कीले भनेका थिए । रुसले युद्धविराम मात्र नभएर जित्न चाहेको पनि उनको भनाइ थियो ।
ट्रम्पले मङ्गलवार यसै महिना पुटिनलाई भेट्न सक्ने बताएका थिए । साउदी अरबमा भएको अमेरिका–रुस वार्ताबाट बाहिर राखेको भन्ने युक्रेनको अभिव्यक्तिमा ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
‘आज मैले सुनेँ कि युक्रेनले हामीलाई निम्तो दिइएको छैन भनेको छ । खैर, तपाईँ त्यहाँ तीन वर्षदेखि हुनुहुन्थ्यो । आफैँले यसलाई अन्त्य गर्नुपथ्र्याे नि,’ ट्रम्पले ठट्टा गर्दै भने । आफ्नो बयानमा ट्रम्पले यो युद्ध युक्रेनले सुरु गरेको पनि भनेका थिए । ‘तिमीले यो कहिल्यै सुरु गर्नु हुँदैनथ्यो, तिमी कुनै सम्झौता पनि त गर्न सक्थ्यौँ ।’ अझ अगाडि ट्रम्पले भनेका छन् । साउदी अरबमा भएको वार्ताले युरोप, नेटो र युक्रेन तीनै पक्षलाई ठुलो झट्का दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण