पोखरा बेलुन विस्फोट
बेलुनमा हाइड्रोजन भर्ने भारतीयसँग अनुमति थियो कि थिएन भन्दै अनुसन्धान
बुधबार, ०७ फागुन २०८१, १२ : २७
काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्याँस भर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेलुनमा हाइड्रोजन ग्याँस भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।
वडा प्रहरी कार्यालय बैदामले कमलेसलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोखरामा मेयर धनराज आचार्य घाइते भएका थिए । ग्याँस भर्ने भारतीयसँग त्यसबारे अनुमति लिएको वा नलिएको भनेर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।
लापरबाहीपूर्वक कार्यक्रम आयोजना गरिएको बारेमा छानबिन समितिले बयान लिइरहेको छ । कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वमा गठित समितिले त्यसबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण