‘लाज शरणम्’ माथि रोक लगाएकोमा बोल्यो निर्देशक समाज

काठमाडौँ । उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत बताएको छ ।
चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ’, समाजले अगाडि भनेको छ ‘यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्यायो कि पुर्याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदी सरकारी निकाय अस्तित्वमा छ ।’ कुनै चलचित्रले व्यक्ति वा समुदायको मान मर्दन गर्छ भने जाँच पास समितिसँग प्रदर्शन रोक्ने अधिकार निहित भएको समेत समाजका अध्यक्ष जानदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा गरिएको छ ।
समाजले ‘लाज शरणम्’ जस्तो कानुनी लडाइमा रहेको सबै चलचित्रलाई साथ र सहयोगका लागि चलचित्र सम्बन्धित सबै संघ संस्थालाई गोलबद्ध हुन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’