‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को लागि हङकङबाट १० प्रतियोगी छनौट
काठमाडौँ । रियालटी शो ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सिजन–२ का लागि हङकङ अडिसनबाट १० प्रतियोगी छनौट भएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले नेपालमा आयोजना गर्ने यी रियालिटी शो का लागि यही फेब्रुअरी १५ का दिन हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुराँको सभा हलमा अडिसन गरेको थियो ।
दुई रियालिटी शोका अडिसन कार्यक्रम खुसी इभेन्ट्सकी प्रवन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बु र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङको संयोजनमा सम्पन्न अडिसनमा गायनतर्फ टोपराज तामाङ, डिकेश तामाङ, सौरभ पाख्रिन तामाङ, अनुपकुमार बराइली र बिन्नी लामा राई गरी पाँच र नृत्यतर्फ रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई, दीक्षा गुरुङ र अञ्जली पुन गरी पाँच गरेर १० छानिएका हुन् ।
गायनतर्फ अडिसनमा हङकङवासी गायक गायिका सरला गुरुङ तथा मनोज गुरुङ निर्णायकको रूपमा रहेका थिए भने नृत्यतर्फको निर्णायकमा अमेरिकाबाट आएका नृत्य निर्देशक तथा मोडल शङ्कर बिसी तथा हङकङवासी कोरियोग्राफर तथा मिस लिम्बु ब्युटी कन्टेस्टका संस्थापक युगल पोमु थिए ।
अडिसनमा आयोजक संस्था इन्ट्राका सदस्य रोशन विष्ट, लालबहादुर तिवारी, सोनु तामाङ र अथिराज शिवाकोटी पनि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण