सापकोटाको पार्थिव शरीर पार्टी कार्यालयमा, अध्यक्ष नेपाल लगायतका नेताद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन एका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुगेका थिए । उनको बिहीवार बिहान उपचारका क्रममा निधन भएको हो ।
५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरुमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण