बोइङसँग खुसी छैनन् ट्रम्प
बिहीबार, ०८ फागुन २०८१, १७ : १९
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू घरेलु विमान निर्माता कम्पनी बोइङ्सँग खुसी नभएको बताएका छन् । दुई थान नयाँ एयर फोर्स वन विमान बनाउने करारको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
कम्पनीले वाचा गरेको समयमा विमान दिन नसकेको बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । बोइङले विमान बनाउने निकै धेरै समय लिइरहेकोले आफूले यसको विकल्प खोजिरहेको पनि उनले बताए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बोइङलाई बोइङ ७४७–८ मा आधारित भएर राष्ट्रपति चढ्ने दुई थान विमान बनाउने करार दिएका थिए ।
अहिले ट्रम्पले चढ्ने गरेको राष्ट्रपतिको विमान ३५ वर्ष पुरानो भइसकेको छ । ट्रम्पको अभिव्यक्तिबारे बोइङले अहिलेसम्म केही भनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण