संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति गर्छौँः गृहमन्त्री
बिहीबार, ०८ फागुन २०८१, १७ : ४३
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति कायम गर्ने बताएका छन् ।
बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबिच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन् ।
उनले केही दिनमा नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे ।
अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पुरा गर्नका लागि गठन भएको उनको भनाइ छ ।
उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण