गोलाप्रथाबाट विद्यार्थी भर्ना रोक्न माग गरिएको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
शुक्रबार, ०९ फागुन २०८१, ११ : ०२
काठमाडौँ । राजधानीका केही स्कुलहरूले गोलप्रथाबाट विद्यार्थी भर्ना गर्दै आएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजाता केसीले सेन्टमेरिज स्कुललगायतलाई प्रतिवादी बनाएर दायर गरेको रिटको पेसी शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो ।
उक्त रिट बिहीबार दर्ता भएको थियो भने रिटमा आगामी शैक्षिक सत्रमा योग्यता प्रणालीका आधारमा भर्ना लिन आदेश माग गरिएको छ।
स्कुलहरूले सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी निवेदकको छ। यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण