ट्रम्पद्वारा भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरोका निर्देशक नियुक्त
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् एफबीआईका निर्देशक नियुक्त गरेका छन् । यस नियुक्तिका लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । ‘एफबीआईको नवौं निर्देशक हुन पाउँदा म निकै सम्मानित महसुस गरिरहेको छु । राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीलाई म माथि विश्वास गरेकोमा म धन्यवाद दिन्छ ।’
माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा उनले लेखेका छन् । डेमोक्रेटिक पार्टीका सबै सांसदसाथै रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्काेवस्कीले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए । पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उनको साथमा काम गरेका थिए । ४४ वर्षीय काश पटेलले वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।
उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा अदालतमा बहस गरे । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफको रूपमा काम गरिसकेका छन् ।
उनी राष्ट्रिय सुरक्षा परिषदमा राष्ट्रपतिको उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशक पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण